काठमाडौं, असार १५
संयुक्त राज्य अमेरिका र वेस्ट एन्डिजमा जारी आईसीसी
टी-२० विश्वकप क्रिकेटको फाइनलमा भारतले दक्षिण अफ्रिका सामु १७७ रनको लक्ष्य
प्रस्तुत गरेको छ ।
भारतले निर्धारित २०
ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको छ । भारतको लागि विराट कोहलीले ७६ रन जोडे
। उनी ५९ बलको सामना गरेर २ छक्का र ६ चौका प्रहार गरेर आउट भएका थिए ।
त्यस्तै अक्षर पटेल ४७, शिवम डुबे २७, रोहित शर्मा ९,
रवीन्द्र जडेजा २ र ऋषभ
पन्त शून्य रनमा आउट हुँदा हार्दिक पान्ड्या ५ रनमा अविजित रहे ।
बलिङतर्फ दक्षिण
अफ्रिकाका केशव महाराजा र एनरिच नोर्त्जेले २-२ तथा मार्को जान्सेन र काजिसो
रबाडाले एक-एक विकेट लिए । चार ओभर बलिङ गरेका जान्सेनले सर्वाधिक ४९ रन खर्चंदा
चारै ओभर बलिङ गरेका रबाडाले ३६ र नाेर्त्जेले २६ रन दिए ।
त्यस्तै तीन ओभर बलिङ
गरेका तब्रेज शम्सीले २६ र एइडन मक्रम दुई ओभर बलिङ गरेर १६ रन खर्चंदा कुनै विकेट
हात पार्न सकेनन् ।