त्रिदेशीय टी२० क्रिकेट: आफ्नो तेस्रो खेलमा नेपाल ६ विकेटले विजयी

Jhalkonepal

काठमाण्डौ, असार ५

स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ।

पहिलो इनिङ्समा टस जितेर नेपालले फील्डिङ रोजेपछि ब्याटिङ गरेको डच टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। पहिलो इनिङ्समा नेपालका लागि करण केसीले २ तथा दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, ललित राजवंशी र रूपेश सिंहले १-१ विकेट लिएका थिए।

तुलनात्मक रूपमा बलियो चुनौती पछ्याएको नेपालले ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए। 


यसअघि शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग हारेको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई हराएको थियो ।

प्रतिक्रिया