काभा महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित

Jhalkonepal

काठमाडौं, साउन ४ 

२० वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।

माल्दिभ्सको मालेमा चलिरहेको प्रतियोगिताको पहिलो दिन नेपालले श्रीलङ्कासँग ३–१ को सेटमा हारेको हो ।

पहिलो सेट २५-२० ले गुमाएको नेपालले त्यसपछि दोस्रो सेट २४-२६ ले आफ्नो पक्षमा पारेको थियो।

तर, तेस्रो सेटमा नेपाल २५-११ मै रोकियो। 

चौथो सेटमा सुरुआती समय अग्रता बनाएको नेपालले अग्रता काय राख्न नसक्दा २५-१८ ले गुमाउँदै पराजय व्यहोर्नुपरेको थियो।

यस अघि हिजो शुरु भएको प्रतियोगिताको पहिलो खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई ३–० ले पराजित गरेको थियो । अङ्क तालिकामा कीर्गिस्तान र श्रीलङ्काको ३–३ अङ्क भएको छ । नेपाल र माल्दिभ्सले खाता खोलेका छैनन् ।

नेपालले आज दोस्रो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । भोलि अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्नेछ । सेमिफाइनलमा अङ्क तालिकाको पहिलो र चौथो टोली तथा दोस्रो र तेस्रो टोली खेल्नेछन् । प्रतियोगिताको फाईनल खेल ८ गते मङ्गलवार हुनेछ । 

प्रतिक्रिया