५ औं टेस्टमा भारतलाई ६ विकेटले हराउदै अस्ट्रेलियाले सिरिज ३-१ ले जित्यो

Jhalkonepal

काठमाण्डौं, पौष २१

अस्ट्रेलियाले भारतसंगको टेस्ट सिरिज ३-१ ले जितेको छ । सिरिजको अन्तिम टेस्टमा भारतलाई ६ बिकेटले पराजित गर्दै अस्ट्रेलियाले सिरिज जितेको हो ।

पाँचौ टेस्टको तेस्रो दिन भारतले दिएको १६२ रनको लक्ष्य ४ बिकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियालाई जित दिलाउने क्रममा ट्रेभिस हेड्ले ३४ रन र बेउ वेब्स्टरले ३९ रन बनाए । दोस्रो पारिमा सेम कोन्टेस्ले २२ र उस्मान ख्वाजाले ४१ रनको योगदान गरेका थिए।

यस अघि पहिलो पारिमा भारतले, १८५ रन बनाएको थियो भने, जवाफमा अस्ट्रेलियाले १८१ रन बनाएर ४ रनले पछि परेको थियो ।

दोस्रो पारिमा भारतले १५७ रनमा सबै बिकेट गुमाए पछि अस्ट्रेलियाले १६२ रनको लक्ष्य पाएको थियो ।

चौथो टेस्टमा दुबै देशका खेलाडी बिच मैदानमै बहस भएपछि पाचौं टेस्टमा पनि खेलाडिहरु बिच नोकझोक भएको थियो । विशेष गरि भारतिय सिनियर खेलाडी जसप्रीत बुमराह र बिराट कोहलीले गरेको व्यबहारको चौतर्फी आलोचना भएको थियो। कोहलीलाई आइसिसिले २०% म्याच फीको जरिवाना समेत लगाएको थियो।

प्रतिक्रिया