काठानण्डाैं, असार १७
भारतीय
क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले टी–२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई
१२५ करोड (भारु) पुरस्कार दिने घोषणा गरेको छ ।
बीसीसीआई सचिव जय शाहले सोसल मिडिया एक्समा
पोस्ट गर्दै विश्वकप विजेता भारतीय टोलीलाई १२५ करोड पुरस्कार दिने घोषणा
गरेका हुन् ।
उनले
लेखेका छन्, ‘आईसीसी टी–२० विश्वकप २०२४
जित्ने टिम इन्डियालाई १२५ करोड रुपैयाँको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु ।
भारतीय टोलीले प्रतियोगिताभरि असाधारण प्रतिभा, दृढ
संकल्प र खेलकुद प्रदर्शन गरेको छ। यस अद्भुत उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई छ।'
टी–२० विश्वकपको
फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
टी–२० विश्वकप
जितेकोमा भारतीय टोलीलाई आईसीसीले करिब २० करोड रुपैयाँ पुरस्कार दिएको छ ।