विराटनगर किंग्सको जर्सी र एन्थम सार्वजनिक,‘द फेस अफ विराटनगर’मा गायिका रचना रिमाल

Jhalkonepal

विराटनगर, मंशिर

नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली विराटनगर किंग्सले जर्सी र एन्थम सार्वजनिक गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर किंग्सका मालिक पारस लुनिया र मार्की खेलाडी सन्दीप लामिछानेले मंगलबार विराटनगरमा आयोजित कार्यक्रमा जर्सी सार्वजनिक गरेका हुन् । सोही अवसरमा टोलीको एन्थम (गीत) पनि सार्वजनिक गरिएको छ । गीतमा विराटनगरका ब्रान्ड एम्बासडर तथा र्‍यापर कुशल पोखरेलले आवाज दिएका छन् ।
टोलीले ‘द फेस अफ विराटनगर’का रुपमा गायिका रचना रिमाललाई सार्वजनिक गरेको छ । टोलीको गुडविल एम्बासडरमा भने अभिनेता दयाहाङ राई छन् ।


विराटनगरको मुख्य प्रशिक्षकमा आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ ब्राइन रहेका छन् । विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपीएल हुँदैछ ।


 

प्रतिक्रिया