काठमाठौ, फागुन १६
एमाले अध्यक्ष केपी शर्मा ओली आज सुनसरी
आँउदैहुनुहुन्छ । उहाँ सुनसरीमा दुई वटा कार्यक्रममा सहभागी हुन आउन लाग्नुभएको हो
। एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री
ओली बिहान ११ बजे इटहरी स्थित कचना माध्यमिक विद्यालयको नव निर्मित भवनको
उद्घाटन गर्ने कार्यक्रममा सरिक हुनुहुदैछ ।
यसै गरी अध्यक्ष ओलीले जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्ने कार्यक्रम
रहेको छ ।
नेपाल
सरकारको २२ करोड लागतमा सो विद्यालय भवन निर्माण भएको हो । तयारी पुरा नभएको भन्दै
भवन उद्घाटनको समय पछि सार्नु पर्ने इटहरीका मेयरले बताए पनि भवन उद्घाटनको
सम्पूर्ण तयारी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिगबहादुर राईले
बताउनुभएको छ ।
१५ फाल्गुण २०८०, बुधबार ०९:०० मा प्रकाशित