सुनसरी , फागुन १८
सुनसरीमा जबरजस्ती करणी मुद्दामा
८ वर्ष ६ महिना कैदको सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका
छन् । सुनसरीको इनरुवा ७ बस्ने २४ वर्षका रञ्जित ऋषिदेव दुहबी नगरपालिका ८ सोनापुबाट पक्राउ परेकाे सुनसरी प्रहरी प्रवक्क्ता नवीन कृष्ण भण्डारीले बताउनु भयो ।
फरार ऋषिदेवलाई जबरजस्ती करणी उद्योग मुद्दामा सुनसरी जिल्ला अदालतको २०८०।०६।१२ गतेको फैसला आदेशमा ८ वर्ष ६ महिना कैदको सजाय सुनाएको थियो ।
गोप्य सूचनाको आधारमा ईलाका
प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएका प्रहरी अधिकृतको टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारी सुनसरी जिल्ला अदालतमा प्रस्तुत
गरिएकोमा अदालतको आदेश अनुरूप कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले बताएको छ ।
१७ फाल्गुण २०८०, शुक्रबार ०९:५५ मा प्रकाशित