सुनसरी , चैत्र २८
सुनसरीका पाँच वटा पालिकामा लगाएको कर्फ्यू हटेको छ । सुनसरीको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा पूर्णरुपमा र अन्य तीन पालिकामा आंशिक रुपमा जारी गरेको कर्फ्यू हटेको हो ।
कर्फ्यू हटे पनि यी क्षेत्रमा भेला, जुलुस गर्न प्रतिबन्ध लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयाे ।दुई समूहबीचकाे विवादले उग्र रुप लिएपछि गत शुक्रबार बेलुकाबाट कर्फ्यू लागेको थियो । स्थानीय प्रशासनले सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिकामा पूर्णरुपमा कर्फ्यू र इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा आंशिक रुपमा कर्फ्यू जारी गरेको थियो ।
२७ चैत २०८०, बुधबार १२:५२ मा प्रकाशित