खेल सँवाददाता, १६ भदौ
शनिवार बर्षा हुनु अघि भारतले पहिला ब्याटिँग गर्दै २६६ रन मात्र बनाउन सकेकाे थियाे । टस जितेर पहिले ब्याटिँग गरेको भारतले निर्धारित ५० ओभर पुरै खेल्न सकेन । ४९ औ ओभरमा भारतले आफ्ना सबै बिकेट गुमाएर २६६ रन मात्र बनाउन सकेको छ । खराब शुरुवात गरेको भारतलाइ मध्यक्रममा इशान किशन र हार्दिक पान्ड्याले सम्मानजनक स्कोर सम्म पुगाउन मदत गरेका थिए । भारतका तर्फबाट सबैभन्दा बढी हार्दिक पान्डयाले ८७, इशान किशन ले ८२ रन बनाएका थिए । बलिँग तर्फ पाकिस्तानका शाहिन शाह अफरिदीले १० ओभरमा ३५ रन खर्चेर ४ बिकेट लिएका थिए । यसै गरि नशिम शाह र हेरिस रौफले समान ३ बिकेट लिएका थिए ।