काठमाण्डाै,भदाै १२
घरेलु टाेली नेपाललाई हराउँदै बङ्गलादेशले २० वर्षमुनिकाे साफ
च्याम्पियनशिप फुटबलकाे उपाधि जितेकाे छ ।
फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ गाेलले हरायाे । बङ्गलादेशका लागि खेलकाे पहिलाे हाफकाे इन्ज्युरी
समयमा इस्लामले गाेल गरे । यस्तै खेलकाे ५४औं मिनेटमा गाेयरी, ७०औं मिनेटमा राबी र इन्ज्युरी समयमा
पिआसले गाेल गरे । नेपालका लागि खेलकाे ८१औं मिनेटमा समिर तामाङले एक गाेल फर्काए
।
बङ्गलादेशले पहिलाे पटक साफकाे उमेर समूहकाे उपाधि जितेकाे हाे ।
यसअघि तीन पटकसम्म फाइनलमा पुगेकाे बङ्गलादेश उपाधिविहीन थियाे । यस्तै नेपालले
सन् २०१५ र २०१७ मा उपाधि
जितेकाे थियाे ।
पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर
र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा
पुगेका थिए ।