प्रेस चाैतारी काेशी प्रदेशकाे अध्यक्षमा सुमन पुरी निर्वाचित

Jhalkonepal

काठमाडौ माघ ३०

प्रेस चाैतारी काेशी प्रदेशकाे अध्यक्षमा सुमन पुरी निर्वाचित हुनुभएको छ ।

विराटनगरमा सम्पन्न दाेश्राे प्रदेश अधिवेशनले अध्यक्षमा पुरी सहित ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेका हाे । चाैतारी काेशी प्रदेशकाे उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्याेति चाैहान, महासचिवमा बाबुराम भण्डारी र काेषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित हुनु भएकाे छ । प्रदेश कमिटीकाे सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भाेला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र  लक्ष्मी उप्रेती  निर्वाचित हुनु भएकाे  हो ।  दाेश्राे अधिवेशनमा प्रेस चाैतारी नेपाल अध्यक्ष गणेश वस्नेत, एमाले स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गाैतम, काेशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रेस चाैतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, हिरामान लामा लगायतकाे उपस्थिति थियो । 

प्रतिक्रिया