काठमाडौँ, असार १७
भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन् ।
भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै टि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो । त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरेका थिए ।
त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । जडेजाले पहिलो पटक विश्वकप उपाधि जितेका हुन्।
जडेजाले सामाजिक सन्जाल मार्फत सन्न्यास लिएको घोषणा गरेका हुन् ।
१७ असार २०८१, सोमबार ०७:२४ मा प्रकाशित