काठमाण्डाै, भदाै २३
राजधानीमा जारी एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस
क्लबले दोस्रो खेल जितेको छ। जारी एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस
क्लबले दोस्रो खेल जितेको हाे।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा
कम्प्लेक्सको मैदानमा आज भएको खेलमा पुलिस क्लबले बाग्मती युथलाई १–० गोलले हराएको
छ । पुलिसका लागि निर्मला उपाध्यायले गोल गरिन् ।
यो जीतसँगै पुलिस ३ खेलमा ७
अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । बाग्मती युग ३ खेलमा ३ अङ्कसहित पाँचौं
स्थानमा छ ।
एन्फा महिला लिग फुटबलमा आजदेखि
तेस्रो चरणका खेल शुरू भएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको
लिगमा १० वटा टोली सहभागी छन् ।
२२ भदौ २०८१, आईतबार ०६:५३ मा प्रकाशित