यु १९ महिला विश्वकपमा नेपालको सान्त्वना जीत

Jhalkonepal

काठमाडौं, माघ ११


नेपालले जारी यु १९ महिला विश्वकपमा सान्त्वना जीत हात पारेको छ ।
नेपालले आइसिसी यु १९ महिला विश्वकपमा आयोजक टोली मलेसियामाथि सहज जित दर्ता गरेको हो । मलेसियाको जोहार क्रिकेट एकेडेमी मैदानमा आज भएको प्लेअफमा नेपालले मलेसियालाई ७ विकेटले स्तब्ध पारेको हो ।
मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्न सफल भयो । नेपालको जितमा कप्तान पुजा महतोले नट आउट रहँदै सर्वाधिक २३ रनको योगदान गरिन् । ज्योत्स्निका मरासिनीले ७ रन जोडिन् ।
बलिङतर्फ मलेसियाका लागि मार्सिया अब्दुल्लाहले ३ विकेट लिइन् ।
 

प्रतिक्रिया