इटहरी , मंसिर १४
इटहरीमा जंगली हात्तीको आक्रमणबाट एक युवकको ज्यान गएको छ । गएराती हात्तीले आक्रमण गर्दा इटहरी उपमहानगरपालिका २ बुढासुब्बा चोक नजिकै घर भएका २६ वर्षीय रविन खड्काको ज्यान गएको हो ।
उनलाई राति करिब ९ बजेतिर बुढासुब्बा चोक क्षेत्रमै जंगली हात्तीले आक्रमण गरेको थियो । रातको समयमा गाउमा हात्तीको झुण्डनै छिरेपछि स्थानीय हात्ती धपाउन ठूलो भीड जम्मा भएका थिए । सोहि हुलमा भएका रबिनलाइ हात्ती धपाउने क्रममा हात्तीले पछि फर्केर आक्रमण गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । स्थानीयका अनुसार २५, २६ वटाको संख्यामा हात्ती आएका थिए।
१३ मङ्सिर २०८०, बिहिबार १२:३८ मा प्रकाशित