काठमाण्डौं, बैशाख १७
आइपिलमा हिजो राति भएको खेलमा बलियो हैदराबाद विरुद्ध चेन्नइले सहज जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा चेन्नइले हैदराबाद माथि ७८ रनको जित निकालेको हो ।
टस जितेर हैदराबादले बलिंग गर्ने निर्णय गरेको थियो । चेन्नइले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१२ रन बनाएको थियो । चेन्नइको पारीमा कप्तान रितुराज गायकवाडले ९८ रनको योगदान गरे । गायकवाडले ५४ बलको सामना गरेर१० चौका र ३ छक्का प्रहार गरि ९८ रन बनाएका हुन । यस्तै डेरल मिचेलले ५२ र शिबम दुबेले ३९ रनको योगदान गरे । अन्तिम ओभरमा मैदानमा आएका स्टार खेलाडी महेन्द्र सिंह धोनीले २ बलको सामना गरि ५ रन बनाए र
हैदराबादका भुवनेश्वर कुमार, टि नटराजन र जयदेव उनादकटले १,१ विकेट लिए ।
२१३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको हैदराबादलाई चेन्नइका बलरहरुले खुलेर खेल्न दिएनन् । आक्रमक ओपनर टे्रभिस हेड मात्र १३ रनमा आउट भए । यस्तै अर्का ओपन अभिषेक शर्माले पनि १५ रन मात्र जोड्न सके । ऐडन माकरमले ३२ , हेनरिच क्लेशनले २० र अबदुल समादले १९ रन बनाउनु बाहेक अन्य ब्याटरहरुले रन बनाउन सकेनन् । हैदराबादले १९ औ ओभरको पाचौ बलमा आफ्ना सबै विकेट गुमाएर मात्र १३४ रन बनाउन सक्यो
चेन्नइका लागि तुसार देषपाण्डेले ४ विकेट लिए । उनले ३ ओभर बलिंग गरेर मात्र २७ रन खर्चे। यस्तै मथिसा पाथिरानाले २ ओभरमा १७ रन खर्चेर २ विकेट लिए भने मुस्तफिजुर रहमानले २ विकेट लिए । सार्दुल ठाकुरले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए भने रविन्द्र जडेजाले पनि ४ ओभर बलिंग गरेर २२ रन खर्चेर १ विकेट लिए ।
जितसंगै चेन्नईले अंक तालिकामा एक स्थान सुधार गरेको छ । चेन्नइको ९ खेलमा १० अंक भएको छ । ९ खेलमा १६ अंक सहित राजस्तान तालिकाको पहिलो स्थानमा छ भने ८ खेलमा १० अंक जोेडेको कोलकत्ता दोस्रो स्थानमा छ । यस्तै १० अंक जोडेका हैदरावाद, लखनउ र दिल्ली क्रमशः चौथो, पाचौ र छैटौ स्थानमा छन । अंक तालिकाको पुछारमा बेग्लोर रहेको छ ।