सुनसरी , चैत ७
सप्तकोशी नदीबाट डुंगामा राखेर सुनसरी भित्राउदै गरेको १ सय ६४ किलो गाँजा प्रहरीले बरामद भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले गए राति साढे एक बजे सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तोकोसी नदीबाट उक्त गाँजा बरामद गरेको हो ।
५/६ जनाको समूहले डुंगा पार गराइ गाँजा निकाल्दै गरेको अवस्थामा प्रहरीले बरामद गरिएको सशस्त्र प्रहरी बलका सह- प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयाे । गाँजा तस्करीमा संलग्न व्यक्तिहरू भने भागेका छन् । नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ ।
पछिल्लाे समय सुनसरीमा ठुलाे परिमाणमा गाँजा बरामद हुँदै आएकाे छ । सशस्त्र प्रहरी बल नेपाल नम्वर ४ गणले फागुन १ गतेदेखि हालसम्म एक एम्बुलेन्स सहित ५ सय ६४.४७५ किलो गाँजा बरामद गएको छ ।