सुनसरीमा गोली लागेर दुई जना घाइते

Jhalkonepal

सुनसरी, वैशाख १

सुनसरीमा गोली लागेर दुई जना घाइते भएका छन्। सोमबार राति देवानगन्ज गाउँपालिका–७ राशीस्थित बजारमा अपरिचित व्यक्तिले गोली प्रहार गरेको प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।

उनका अनुसार गोली लागेर सोही ठाउँका शिवकुमार मेहेता र रविन्द्र यादव घाइते भएका छन्। उनीहरूको तिघ्रा र ढाडमा चोट लागेको छ। घाइते दुवै जनालाई विराटनगर अस्पतालमा पठाइएको छ ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार तीन राउण्ड गोली चलेको हो। त्यसको खोका भने एउटा मात्रै फेला परेको छ।

प्रतिक्रिया