काठमाडौँ, असार १५
आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको उपाधिका लागि शनिबार
दुई टेस्ट राष्ट्र भारत र दक्षिण अफ्रिकाबिच भिडन्त हुँदैछ ।
फाइनल खेल क्यारेबियन राष्ट्र बार्बाडसको राजधानी सहर ब्रिजटाउनस्थित
केनसिङ्टन ओभलमा नेपाली समयअनुसार, राति २०:१५ बजे सुरु हुनेछ ।
भारत १० वर्षपछि टी–२० विश्वकपको
सेमिफाइनलमा पुगेको हो । भारत यसअघि सन् २०१४ मा टी–२० विश्वकपको फाइनलमा पुगेको
थियो । त्यतिबेला भारतीय टोलीलाई फाइनलमा श्रीलंकाले ६ विकेटले पराजित गरेको थियो
।
अर्कोतिर, पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको दक्षिण अफ्रिका भने
पहिलो पटक टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो । दक्षिण अफ्रिका यसअघि दुईपटक
सेमिफाइनलमा पुगेर पराजित भएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट
काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिकाभन्दा
भारत अगाडि देखिन्छ । पछिल्लो वरीयतामा भारत पहिलो स्थानमा छ भने उक्त वरीयतामा
दक्षिण अफ्रिका पाँचौँ स्थानमा छ ।