सुनसरी वैशाख
२४
भारतमा हुन गइरहेको लोकसभाको निर्वाचनलाई ध्यानमा राखी नेपाल–भारतको सुनसरी सीमा अनुगमन भएको छ । हिजो साँझदेखि पूर्ण रूपमा बन्द गरिएको सुनसरीका सीमा क्षेत्रमा आज सुनसरी जिल्ला सुरक्षा समीतीको टोलीले अनुगमन गरेको हो । अनुगमनमा सुनसरी प्रमुख जल्ला अधिकारी जय नारायण आचार्य , प्रहरी प्रमुख वीपिन रेग्मी ,सशस्त्र प्रहरी बल ४ नम्बर हेडक्वार्टर प्रमुख सेमनन्द बज्राचार्य ,अनुसन्धान उप निर्देशक तुलसी कटेल लगाएतले सुनसरीको सीमा क्षेत्र पुगेर त्यहाँको बस्तुगत अबस्थाकको बारेमा जानकारी लिएको प्रमुख जिल्ला अधिकारी जय नारायण अचार्यले बताउनु भयो । उहाँका अनुसार सुनसरी सीमा जोडिएको भारतको झंजरपुर , सुपोल , अररिया ,मधेपुरा खगारीयामा भोलीहुन लागेको हुन लोकसभा निर्वाचनलाई मध्यनजर गरी सीमा सुरक्षाको प्रत्याभूति दिलाउनु आफ्नो कर्तव्य भएकाले सुरक्षा अवस्था चुस्तदुरूस्त राख्न जिल्लाको सुरक्षा निकायकै टोलिनै सीमा अनुगमनमा निस्काएको बताइएको छ । टोली सुनसरीको भान्टाबारी नाका, धुस्की र देवानगंज कप्तानगंज १८९ पिल्लर अनुगमनमा पुगेको हो ।

सुरक्षा टोलीले सीमामा पुगेर भारतीय प्रहरी एसएसबी कमान्डेन्ट सुरेन्द्र विक्रम लगायत सँग साक्षात्कार गरेको छ । बिरामी बोकेको एम्बुलेन्स र भोट कार्ड बोकेका मानिसबाहेक अन्य सम्पूर्ण सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको छ।