काठमाडौँ, असार २७
कोपा–अमेरिका फुटबलमा
उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको ४८ औँ संस्करणमा आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले १–०
गोलअन्तरले उरुग्वेलाई हराएको हो ।
कोलम्बियाको
जितमा जेफरसन लेर्माले ३९ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । अव उपाधिको लागि
कोम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ ।
लियोनल
मेस्सीको कप्तानमा रहेको अर्जेन्टिना भने यसअघि नै फाइनलमा पुगिसकेको छ ।
अर्जेन्टिनाले बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा तुलनात्मक रूपमा कमजोर
प्रतिद्वन्द्वी क्यानडालाई २–० गोलले हराएको थियो ।
२७ असार २०८१, बिहिबार ०७:५४ मा प्रकाशित