काठमाडौँ, वैशाख २७
आईसीसी पुरुष विश्वकप लिग–२ क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान बनाइएको छ । त्यसैगरी टोलीमा पर्ने अन्य खेलाडीहरूमा आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन कुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करन केसी, ललित राजवंशी, नन्दन यादव र रिजन ढकाल छन् ।
नेपालले लिग–२ अन्तरगत जुनमा स्कटल्याण्डको सामना गर्नेछ । नयाँ प्रशिक्षक स्टुअर्ट लको नेतृत्वमा नेपालले खेल्न लागेको यो पहिलो प्रतियोगिता हो ।
२६ बैशाख २०८२, शनिवार ०८:३२ मा प्रकाशित