काठमाडौ , असार १७
भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रहेको एउटा औषधि उद्योगमा सोमबार भएको विस्फोटमा हाल सम्म ३४ जनाको मृत्यु भएको छ ।
घटनास्थलबाट ३१ जनाको शव भेटिएको र अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ३० जनाभन्दा बढी घाइते भएका छन् ।तेलंगनाको पाशमिलारम औद्योगिक क्षेत्रमा रहेको सिगाची उद्योगको रियक्टर युनिटमा सोमबार बिहान विष्फोट भएको थियो । विष्फोटबाट उद्योगको भवन भत्किएको छ ।
१६ असार २०८२, मङ्गलबार ११:३७ मा प्रकाशित