काठमाण्डौ , वैशाख २५
सामुदायिक वनको डढेलो खरबारीमा पुगेपछि निभाउने क्रममा जलेर ओखलढुङ्गाको
सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आमाछोराको ज्यान गएको छ ।
हिजो दिउँसो हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा
पुगेपछि खर जोगाउने क्रममा जलेर ५५ वर्षीया पुन्यमाया धमला र उहाँका छोरा १५
वर्षीय कञ्चन धमलाको ज्यान गएको हो ।
बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस
जोगाउने क्रममा शुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेकाे जिल्ला प्रहरी कार्यालय
ओखलढुङ्गाले जनाएकाे छ ।
२४ बैशाख २०८१, मङ्गलबार ०८:१५ मा प्रकाशित