उदयपुरमा सुनकोशीमा बेपत्ता तीन बालबालिकाको अवस्था अझै पत्ता लागेन ,खोजीका लागी गोताखोर परिचालन

Jhalkonepal


उदयपुर,चैत १२

 उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका हिजो बेपत्ता भएका तीन बालबालिकाको खोजीका लागी सुनकोशी नदीमा गोताखोर परिचालन गरिएको छ । हिजो होली खेलेर नुहाउन नदीमा जाँदा उनीहरु बेपत्ता भएका हुन् ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा  त्रियुगा –१४ साउनेका ११  वर्षीया रेखा मगर, ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन ।

हिजे साँझ अबेरसम्म खोजतलास गरे पनि फेला नपरेपछि आज कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवत्ता हरिनन्दन चौधरीले जानकारी दिनुभयो । प्रहरीका अनुसार खोजीलाइ तीब्र पारीएको छ । 

प्रतिक्रिया