साफ यू–२० च्याम्पियनसिप: भारतले माल्दिभ्सलाई १-० गोलले पराजित ,सेमिफाइनल समिकरण पुरा

Jhalkonepal

काठमाडौं, भदौ ७

समूह ‘बी’ को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० गोलले पराजित गरेको

 छ । यो खेल सँगै सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने चारै टोलीको टुंगो लागेको हो ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले दोस्रो हाफको इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गरेको थियो।

भारतका लागि किपगेनले डिबक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेको थियो।


यससँगै भारत समूह विजेता बनेको छ भने भुटान उपविजेता बनेको छ । यसअघि भुटानले पनि माल्दिभ्सलाई हराएको थियो। भारतसँग भने भुटान पराजित भएको थियो ।

समूह ‘ए’ बाट नेपाल विजेता र बंगलादेश उपविजेता बनेका थिए। नेपालले समूह चरणमा बंगालदेश र श्रीलंका दुवै टोलीलाई पराजित गरेको थियो।

अब सेमिफाइनलमा नेपाल र भुटानबीच आइतबार प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा भारत र बंगलादेश सोमबार भिड्नेछन् ।

 

प्रतिक्रिया