काठमाडौँ , कार्तिक १२
आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपाल
अमेरिकासँग पराजित भएको छ । नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको हो । नेपाले
दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ दशमलव ४ ओभरमा तीन विकेट
गुमाउँदै पूरा गर्यो ।
अमेरिकाको लागि शयान जहाजिंगरले सर्वाधिक एक सय चार रनको योगदान
दिए । उनले ९७ बलमा १२ चौका र ४ छक्कासहित सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेका
हुन् । त्यसैगरी कप्तान मोनांक पटेलले ७६ बलमा ५ चौकासहित ६२ रनमा बनाए । हरमित
सिंहले ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन जोडे । शाड्ली भानले शाक्ली २७, जसदीप सिंह र साइतेजा मुकामल्लाले
समान ११ रन बनाए भने मिलिन्द कुमारले पाँच रन जोडे ।
नेपालका कुशल भुर्तेलले ४ विकेट लिए
भने सोमपाल कामीले २ तथा ललित राजवंशीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला
ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८६
रन बनाएको योगफल बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३
छक्कासहित ९६ रनको इनिङ खेलेका थिए ।