बाजुरामा विस्फोट : एक महिलाको मृत्यु

Jhalkonepal

मार्तडी, बैशाख २७


बाजुराको बुढीनन्दा नगरपालिमा विस्फोटक पदार्थ पड्किंदा एक महिलाको मृत्यु भएको छ ।


बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको सो घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृतक जैशी, सुजारी पाताल सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि कोल्टी अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका हुन् ।


विस्फोटको कारण खुल्न नसकेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया