महाकाली उर्लियो, शारदा व्यारेजमा सवारी आवागमनमा रोक

Jhalkonepal

महेन्द्रनगर, सावन २०

मनसुन सकृय भइ पहाडी जिल्लामा निरन्त्र वर्षा पछि महाकाली नदीमा पानीको सतह खतराको स्तरभन्दा माथि पुगेको छ । भारतीय प्रशासनले अहिले शारदा ब्यारेजमा चार पाङ्ग्रे यातायातका साधन आवागमनमा रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० सागर बोहराले मंगलबार बिहान पानीको सतह बढेर एक लाख २४ हजार क्युसेक पुगेपछि सवारीसाधन आवागमन बन्द गरिएको जानकारी दिए ।

महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक पुगेपछि खतरा मानिन्छ । 

नदीको बहावले खतराको तह पार गरेपछि जिल्ला प्रशासन कार्यालय कंचनपुरले दोधारचाँदनी लगायत भिमदत्त नगरपालिकाका तटिय क्षेत्रमा सर्तकता अप्नाउन अपिल गरेको छ । 

प्रतिक्रिया