महिला एसिया कप : नेपालले समूह चरणको पहिलो खेलमा युएइ सँग खेल्दै

Jhalkonepal

काठमाडौं, साउन ४ 

महिला एसिया कप क्रिकेटमा आज नेपालले समूह चरणको आफ्नो पहिलो खेल खेल्दैछ ।

श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोली युएइको महिला टोलीको सामना गर्नेछ । यो खेल आज दिउँसो सवा २ बजे शुरु हुने तालिका छ । 

महिला एसिया कप खेल्न समूह ए मा रहेको नेपाली महिला क्रिकेट टोलीले समूह चरणमा युएईसँगै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

यस अघि सन् २०१२ र २०१६ मा महिला एसिया कप खेलेको नेपालले आठ वर्षपछि पुनः अहिले प्रतियोगिता खेल्न लागेको हो ।

एसिया कप साउन ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् । समूह चरणबाट दुई–दुई टोली सेमिफाइनल पुग्नेछन् । 

सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल भिडन्त हुनेछ । 

 

 

प्रतिक्रिया