काठमाडौँ,कार्तिक ४
अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो
खेलमा नेपाल अमेरिकासँग सुपर ओभरमा विजयी बनेको छ।
सुपर ओभरमा अमेरिकाले दिएको ३ रनको लक्ष्य सहजै पूरा
गर्दै नेपाल विजयी बनेको हो। यो जितसँगै नेपालले यो सिरिज जितेको छ। नेपालका लागि
रोहित पौडेल र कुशल भुर्तेल ब्याटिङमा उत्रिएका थिए। अमेरिकाले २ विकेट गुमाउँदै ३
रनको लक्ष्य दिएको थियो।
सुपर ओभरमा बलिङ गरेका सोमपाल कामीले २ विकेट लिएर २
रन दिएका थिए। यसअघिको खेलमा नेपालले दिएको १७१ रनको लक्ष्य अमेरिकाले जबाफी
ब्याटिङमा निर्धारित २० ओभरमा भेट्टाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो।
३ कार्तिक २०८१, आईतबार १०:०२ मा प्रकाशित