सुनसरी ,फागुन ८
धरानमा छोराको कुटपिटबाट गम्भीर घाइते भएकी आमाको उपचारका क्रममा मृत्यु भएको छ । धरान ११ महावीर चोककी ४६ वर्षीय रमनश्वरी राईको उपचारका क्रममा मृत्यु भएको हो । मादक पदार्थ सेवन गरी आमालाई कुटिपट गर्ने छोरा २९ वर्षीय दीपक राईलाइ हिजै प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारवाहि अघि बढाएको सुनसरी प्रहरी प्रमुख विपिन रेग्मीले बताउनुभयो । आमा र छोराबीच राति साढे ८ बजे झगडा भएको थियो । सोही क्रममा कुटपिटबाट रमनश्वरी गम्भीर घाइते हुनुभएको थियो । दीपकले लागूपदार्थ र मादक पदार्थ सेवन गरी आमालाई कुटपिट गरेको प्रहरीको भनाइ छ ।
७ फाल्गुण २०८०, मङ्गलबार ०४:२९ मा प्रकाशित