काठमाडौं, मंसिर २८
एनपीएलमा विराटनगर किंग्सले चितवन राइनोजलाई हराएको छ ।
शुक्रबार भएको खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गरेको हो । जितसँगै विराटनगरले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । एनपीएलमा विराटनगरको यो दोस्रो जित हो ।