सुखानीमा एमालेकाे स्मृति दिवस

Jhalkonepal

 काठमाडौं,फागुन २१ 

नेकपा एमाले र उसका भातृ संगठनहरुले आज सुखानी स्मृति दिवस मनाउँदै छन्  । वि.सं. २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने नाममा तत्कालीन झापा विद्रोहका पाँचजना नेताहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा हत्या गरेको थियो ।

सोही दिनको सम्झनामा झापा विद्रोहबाट उदाएको एमालेले सुखानी स्मृति दिवस मनाउने गरेको छ ।यसैकाे सम्जनामा झापाको सुखानीमा नेकपा एमालेले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।


प्रतिक्रिया