काठमाण्डाैं, साउन ३
दक्षिणी म्यानमारको बागो क्षेत्रमा
स्थित पान्डाउङ बस्तीका १९ वटा विद्यालय अय्यारवाडी नदीको बढ्दो जलस्तरका कारण
बन्द गरिएको सरकारी म्यानमाको अलिन दैनिकले बिहीबार जनाएको छ । पान्डाउङ बस्तीका
माध्यमिक तथा प्राथमिक विद्यालय सहित १६० वटा विद्यालय रहेकोमा १६ जुलाईदेखि आएको
बाढीका कारण तल्लो क्षेत्रका १९ वटा विद्यालय अस्थायी रूपमा बन्द गरिएको स्रोतले
जनाको छ । बन्द रहेका विद्यालयमा दुई हजार ८६४ जना विद्यार्थी र २०७ जना
शिक्षक रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार,बर्षा नियन्त्रण भई
नदीको सतहमा कमी आएपछि विद्यालयहरू पुनः खुल्नेछन् ।
२ साउन २०८१, बिहिबार ०५:०० मा प्रकाशित