रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु

Jhalkonepal

 काठमाडौं , फागुन ५

  रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाइएको  छ । 

इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयमा शनिबार घिउरा भन्ने ठाउँमा पुनः झडप भएको भन्दै जिल्ला प्रशासन कार्यालय रौहतहटले कर्फ्यु लगाएको हो ।

आज साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । 

कर्फ्यु लगाइएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन, हिँडडुल गर्न, जुलुस तथा ¥याली निकाल्न प्रतिबन्ध लगाइएको जारी कर्फ्यु आदेशमा जनाइएको छ ।

प्रतिक्रिया