त्रिदेशीय टि २० कप : युएई ६९ रनले पराजित भए पनि फाइनल प्रवेश

Jhalkonepal

 सुभेष सिनाल

काठमाण्डौं, कार्तिक ८

युएई त्रिदेशीय टि २० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । महत्वपूर्ण खेलमा हङकङसंग ६९ रनको हार ब्यहोरे पनि युएईले रनरेटमा अगाडी रहदै फाइलनमा आफ्नो स्थान पक्का गरेको हो । यस अघिको खेलमा युएईसंग पराजित भएको हङकङले आजको खेलमा ६९ रनको जित हासिल गरे पनि फाइनलको ढोका खोल्न भने सकेन । 

टस जितेर आज पहिले ब्याटिंग गर्ने निर्णय गरेको हङकङले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१२ रनको विशाल लक्ष्य खडा गरेको थियो । हङकङका तर्फबाट मार्टिन कोटिजले सार्वधिक ८६ रन बनाए । यसै गरि बाबर हयातले नट आउट ६० र अंशुमन रथले ४१ रन जोडेका थिए । युएईका बलरहरु निलांश केशवानी, संचित शर्मा र अकिफ राजाले १,१ विकेट लिएका थिए । 

२१३ रनको विशाल लक्ष्य लिएर मैदानमा उत्रिएको युएईको निकै खराब शुरुवात गरेको थियो । पहिलो ओभरमै ओपनर मोहम्मद वसिम १ रनको स्कोरमा आउट भए । त्यस पछि लगातार विकेट झर्ने क्रम जारि रह्यो । खालिद शाहले केही बेर युएईको आशा जिवित राखे पनि ३५ रन बनाएर उनी आउट भए पछि युएईको पुरै टोली धरासायीहुदै गयो । आलिशन सार्फुले ३० रन, बाशिल हमिद ३० रन र निलांश केशवानीले ३१ रन बनाए पनि हार बाट बचाउन सकेनन् । 

हङकङका आयुस शुक्ला, एहसान खान, नशरुल्ला राना र यशिम मुर्तजाले १,१ विकेट लिए । 

प्रतियोगिताको फाइनल खेल किर्तिपुर खेल मैदानमा शुक्रवार नेपाल र युएईका विच हुनेछ । 


प्रतिक्रिया