काठमाण्डाै, साउन १
इङ्गल्यान्ड फुटबल टिमका मुख्य
प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन् ।
युरो कप फुटबल २०२४ को फाइनलमा
स्पेनसँग हारेपछि प्रशिक्षक साउथगेटले आज राजीनामा दिएको स्राेतले जनाएको छ । हिजो
राति भएको युरो कप फाइनलमा इङ्गल्यान्ड स्पेनसँग २–१ गोलले पराजित भएको थियो ।
सन् २०१६ मा इङ्गल्यान्ड फुटबल
टिमको प्रशिक्षक बनेका साउथगेटले ८ वर्षपछि राजीनामा दिएका हुन् । उनको नेतृत्वमा
इङ्गल्यान्ड सन् २०२१ र २०२४ गरी २ पटक युरो कप फुटबलको फाइनलमा, सन् २०१८ को फिफा विश्वकपको सेमिफाइनलमा र सन् २०२२ को
फिफा विश्वकपको क्वार्टरफाइनलमा पुगेको थियो ।
राजीनामा दिँदै उनले साथ र सहयोगका
लागि समर्थकलाई धन्यवाद दिएका छन् ।
३२ असार २०८१, मङ्गलबार ०७:४२ मा प्रकाशित