काठमाडाैं , भदाै ११
खोटाङमा पोखरीमा डुबेर एउटै घरका दुई बालबालिकाको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका गयन्द्र राई र ममता राईका ६ वर्षका छोरा सङ्गम राई र साढे २ वर्षकी छोरी समृद्धि राईको सिँचाइ पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बालक दाजु बहिनी दिउँसो २ बजे घरबाट हराएका थिए । आमा ममताले खोज्दै जाँदा बेलुका ६ बजेतिर पोखरीमा डुबिरहेको अवस्थामा बच्चाहरूलाई भट्नु भएको थियो । सामान्य हात खुट्टा चलाइरहेको अवस्थामा भेटिएका दुवै जनालाई आमाले घर ल्याएको प्रहरीको भनाइ छ । घरमा ल्याउने बित्तिकै दुवै जनाको ज्यान गएको जानकारी पाएको डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो ।
१० भदौ २०८१, मङ्गलबार ०७:०९ मा प्रकाशित