सप्तरीमा बन्दुक, ४१ राउन्ड गोली र दुई वटा मृग सहित एक जना सिकारी पक्राउ

Jhalkonepal

सप्तरी , माघ १९

 सप्तरीको कोशी बाँध छेउबाट एउटा बन्दुक र ४१ राउन्ड गोलीसहित एक जना सिकारी पक्राउ परेका छन् ।

राजविराज नगरपालिका वडा नम्बर ५ का शैलेशकुमार झालाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो । उनको साथबाट सिकार गरेका दुई वटा मृग पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया