काठमाडाैं, वैशाख २६
कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र बुझाएका छन् ।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बुझाएको पत्रमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएर स्वतः पदमुक्त भइसकेको दाबी गरिएको छ । एमाले-माओवादीले नयाँ सरकार गठनका लागि निवेदन दिएसंगै प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गर्ने तयारी गरेकाे बुझीएकाे छ । आजै नयाँ सरकार गठनका लागि आव्हान हुने सम्भावना छ ।
२५ बैशाख २०८१, बुधबार ०४:५१ मा प्रकाशित