काठमाडौं मंसिर १७
सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साह बिजयी हुनुभएको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनमा साहुले ८ सय १६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
साहुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले ७ सय ९४ मत छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार शन्तु उरावको ७ सय ७० मत प्राप्त भएको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका कबिताकुमारी उरावले ८७ मत प्राप्त गर्नु भएको हो ।
१६ मङ्सिर २०८१, सोमबार ०६:४१ मा प्रकाशित