सुभेष सिनाल
काठामाण्डौं, कार्तिक ६
नेपालले युएईलाइ ५ विकटले हराउदै त्रिदेशीय टि२० क्रिकेटमा अपराजित रहदै फाइनलको यात्रा तह गरेको छ । युएईले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा ११ रनमा ३ विकेट गुमाएको अवस्था बाट सम्हालिदै ४ बल बाकि रहदै जित हासिल गरेको हो । नेपालले खराब शुरुवात गरे पनि असिफ सेख र कप्तान रोहित पौडेलले सम्हालेर खेल्दै नेपाललाइ जित नजिक पुगाएका थिए । असिफले ५० बलमा ६२ रन बनाएका थिए । यस अघि कुसल भर्तेल पहिलो ओभरमै १ रन मात्र बनाएर आउट भएका भने, माथिल्लो क्रममा ब्याटिंग गर्न आएका सोमपाल कामी मात्र २ रन बनाए । त्यसपछि ब्याटिंग गर्न आएका कुशल मल्ल पनि शुन्य रनमा रनआउट हुदा नेपाल ११ रन जोड्दा ३ विकेट गुमाएर दवावमा परेको थियो । तर आसिफ र रोहितले सम्हालिएर ९८ रनको साझेदारी गरेका थिए । नेपाललाइ जित दिलाउने क्रममा कप्तान रोहित पौडेलले ४७ रन बनाएर आउट भए । दिपेन्द्र सिंह ऐरीले १५ बलमा ४० रन बनाएर विजयी रन प्रहार गरेका थिए ।
युएईका जबदुल्लाहले २ विकेट लिए भने अकिफ राजा र जहुर खानले १,१ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिले युएईलाइ ब्याटिंगको निम्तो दिएको नेपालले १६५ रनको लक्ष्य पाएको थियो । पहिलो दुइ विकेट सस्तो मै गुमाए पनि युएईले सम्हालिएर खेल्दै ७ विकेटको क्षतीमा १६४ रन बनाएको थियो । युएईका अरबिन्दले ४५ रन र बसिल हमिदले १९ बलमा ४५ रनको आक्रमक पारि खेल्दै १६४ रन सम्म पुगाएका थिए ।
नेपालका तर्फबाट सोमपाल कामी र अविनास बोहराले २,२ विकेट लिए भने करण केसील र गुलशन झाले १,१ विकेट लिएका थिए । युएईका एकजना ब्याटर रन आउट भएका थिए ।