काठमाडौं , माघ ६
खो खो विश्वकप
२०२५ मा नेपालको पुरूष र महिला दुवै टोली उपविजेता भएका छन् ।
भारतको नयाँ दिल्लीस्थित इन्द्रिरा गान्धी इनडोर हलमा
जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली र महिला टोली उपविजेता भएको हो ।
घरेलु मैदानमा भएको फाइनल खेलमा पुरूष तर्फ नेपाललाई 54-36 र महिला तर्फ नेपाललाई 78-40 अंकले हराउँदै भारतले पुरूष र
महिला तर्फको दुवै उपाधी जितेको हो ।
पहिलोपटक भएको
विश्वकपमा नेपाली पुरूष र महिला टोलीले उपाधिका लागि आयोजक भारतसँग खेलेको हो ।
पुरूष टोली लिग चरणमा भारत सँग नै हार वेहोरेको थियो भने
नेपाली महिला टोली अपराजित यात्राको साथ फाइनल पुगेको थियो। नेपालको खेल इतिहासमा
यो अहिले सम्म कै सवैभन्दा ठूलो उपलब्धी हो ।
५ माघ २०८१, आईतबार ०९:११ मा प्रकाशित