सुदूरपश्चिम नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. जिवन राना

Jhalkonepal

धनगढी, पौष १७

सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले लामो समयद देखि रिक्त रहेको सुदूरपश्चिम नीति तथा योजना आयोगको पदाधिकारी नियुक्त गरेका छन । सुदूर पश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. जीवन राना नियुक्त भएकी छन् । 

मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्री परिषदको बैठकले रानालाई नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो । त्यस्तै शेर बहादुर भण्डारी र डा हिरा चन्द नीति तथा योजना आयोगको सदस्यमा नियुक्त भएका छन् । 


द सोसियो कल्चर अफ राना थारु विषयमा विद्या वारिधी प्राप्त रानाले एजुकेशन प्लानिङ म्यानेजमेण्टमा स्नातकोत्तर गरेकी छन् । राना थारु समाजकी पूर्व अध्यक्ष राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । 


मुख्यमन्त्री शाहले बुधवार नै रानालाई उपाध्यक्ष पदको शपथ खुवाए । त्यसपछि उपाध्यक्ष रानाले नवनियुक्त सदस्यद्धय भण्डारी र चन्दलाई शपथ खुवाईन् ।


प्रतिक्रिया