काठमाण्डौ ,कार्तिक ८
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा
नेपालले बनाएको सर्वाधिक रनको कीर्तिमान जिम्बाबेले तोडेको छ ।
पुरुष टी–२० विश्वकप अफ्रिका
उप–क्षेत्रीय छनोट प्रतियोगितामा जिम्बाबेले हिजो गाम्बियालाई ४ विकेटको क्षतिमा ३
सय ४४ रन बनाएर टी–२० क्रिकेटमा सर्वाधिक रनको नेपालको कीर्तिमान तोडेको हो ।
अघिल्लो वर्ष सन् २०२३ को सेप्टेम्बर २७ मा चीनको हान्झाऊमा भएको
१९औँ एशियाली खेलकुदमा नेपालले मङ्गोलियासँगको खेलमा ३ सय १४ रन बनाउँदै
कीर्तिमान बनाएको थियो ।
७ कार्तिक २०८१, बिहिबार ०९:१५ मा प्रकाशित