सुनसरी , चैत २२
सुनसरीको इनरूवा सहितकाे
क्षेत्रमा कर्फ्यु जारी गरीएकाे छ । हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा
स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि स्थिति सामान्य बन्न नसकेपिछ कर्फ्यु जारी गरीएको हो
।
हरिनगरको भुटाह बजार बिहानैबाट तनावग्रस्त बनेको छ । शुक्रवार
मध्यान्न १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिकाको सबै वडा
र देवानगञ्जको १ र ७ नम्बर वडामा निषेधाज्ञा जारी भए पनि स्थानीयले प्रदर्शन
नराेकेपछि प्रशासनले कर्फ्यु जारी गरेकाे
जनाएकाे छ । प्रदर्शनमा स्थिति असामान्य बन्दै गएपछि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना
प्रदर्शनकारी घाइते भएका छन । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुडा प्रहार गरेपछि प्रहरीले गोली
चलाएको बताइएको छ । सो क्रममा १६ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते भएको
जनाइएकाे छ । यद्दपी घटनाकाे पुर्ण विवरणा आएकाे छैन ।
हिजो एसइइी परीक्षाको क्रममा हरिनगर गाँउपालिका
वडा नम्बर १ मा रहेको बालकृष्ण मावीमा स्थानिय जीवन मेहतामाथि कुटपिट भएको थियो ।
कुटपिट पछि दुवै समुहका बिचमा झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ
। कुटपिट पछि दुई समुदायका बिचमा हानाहान भएकाे र दुवै समुहका स्थानीयहरु झडपमा
उत्रिएपछि हरिनगर गाँउपालिकामा बिहानैबाट तनाव उत्पन्न भएकाे थियाे ।