अत्याधिक गर्मिका कारण क्षीरेश्वरनाथ नगरपालिकामा पानीको अभाव , दमकलबाट पानी वितरण थालियाे

Jhalkonepal

धनुषा , वैशाख १८

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पानीको अभाव भएपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ । अत्यधिक गर्मीका कारण पानीको स्रोत सुकेपछि दमकलले पानी वितरण गर्न थालिएको नगरपालिका प्रमुख सुखदेव यादवले जानकारी दिनुभयाे । यादवले नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने वडा नं ७ को हरिहरपुर, दुर्गाटोल र वडा नं ८ को दिगम्बरपुर गाउँमा पानी स्रोत सुकेको बताउनसभयाे ।  ्ती दुवै गाउँमा रहेको चापाकल सुकेर पानीको अभाव भएको छ । चापाकलमा पानी आउन बन्द भएका गाउँका बासिन्दालाई विगत एक सातादेखि बारुणयन्त्रको मद्दतले खानेपानी उपलब्ध गराइरहेको उहाले  जानकारी दिनुभयाे  ।


प्रतिक्रिया