काठमाडौं, भदौ ७
साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा आज
भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा
कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुने आजको खेलसँगै च्याम्पियनसिपको
सेमिफाइनल समिकरण पूरा हुनेछ । आजको खेलमा भारतले माल्दिभ्सलाई
पराजित गरे समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ। माल्दिभ्सले भारतविरुद्ध जित
निकाले पनि हेड टु हेडमा भुटान सेमिफाइनलमा पुग्नेछ ।
६ भदौ २०८१, शुक्रबार १२:४१ मा प्रकाशित